रेशम चौधरीलाई कारागार पुगेर भेटे एमाले सांसद महेश बस्नेतले, के भयो कुराकानी ?

रेशम चौधरीलाई कारागार पुगेर भेटे एमाले सांसद महेश बस्नेतले, के भयो कुराकानी ?

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले कारागार पुगेर निलम्बनमा रहेका सांसद रेशम चौधरीलाई भेटका छन्। शुक्रवार बिहान सांसद बस्नेतले डिल्लीबजार कागारा पुगेर चौधरीलाई भेटेका हुन्। चौधरी जनता समाजवादी पार्टीबाट सांसद बनेका छन्। कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।

सत्ता समीकरणकै चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले नेतृत्व गरेको दल एमाले अन्य दलसँग पनि सहकार्यको परामर्शमा छ। पछिल्ला दिनमा जनता समाजवादी पार्टी (जसपा) सँग एमालेले वार्ता अघि बढाइरहेको छ। पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा कुराकानी भएको सांसद बस्नेतले जानकारी दिए।

जसपाले मुख्य तीन मुद्दा वार्तामा प्राथमिकतासाथ उठाएको छ। पहिलो कैलालीबाट निर्वाचित भएका तर फौजदारी कसुर स्थापित भएपछि हाल थुनामा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइ हो।