राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतामा सुमन प्याकुरेल चयन

राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतामा सुमन प्याकुरेल चयन

काठमाडाैं । राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतामा सुमन प्याकुरेल चयन भएका छन् । प्रतिनिधि सभामा संसदीय दलको नेताले राष्ट्रिय सभामा दलको नेता चयन गर्ने विधानको व्यबस्था छ ।

राष्ट्रिय सभामा एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले प्याकुरेल दलको नेता चयन भएको जानकारी दिए ।  शुक्रवार बस्ने संसदीय दलको बैठकअघि नेकपा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्याकुरेललाई राष्ट्रिय सभामा दलको नेता बनाएका हुन् ।

गतवर्षको फागुमा भएको राष्ट्रिय सभाको निर्वाचनमा प्याकुरेल विजयी भएका थिए । एमाले र माओवादी केन्द्र एकीकृत भएपछि माओवादी तर्फका दीनानाथ शर्मा राष्ट्रिय सभामा दलको नेता थिए ।

फागुन २३ गते सर्वोच्चले नेकपा एकतालाई अवैध भन्दै पुरानै पार्टी व्यूँताइदिएपछि राष्ट्रिय सभामा एमाले दलको नेता थिएनन् ।