प्रदेश १ मा मन्त्रिमण्डल विस्तारः माओवादी छाडेकालाई प्राथमिकता

प्रदेश १ मा मन्त्रिमण्डल विस्तारः माओवादी छाडेकालाई प्राथमिकता

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नयाँ मन्त्रीहरूले आजै शपथग्रहण गर्नेछन्। उनीहरूको दिउँसो एक बजे शपथग्रहण हुने बताइएको छ।

पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबुहाङ अर्थमन्त्री हुने भएका छन्। नेकपा विभाजित हुँदा प्रचण्ड नेपाल समूहबाट ओली समूहमा फर्किएकी एमाले सांसद उषाकला राईलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइने भएको छ।

हाल राज्यमन्त्री रहेका अम्बीरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री हुने भएका छन्। त्यस्तै उदयपुरकी कला घले र मोरङका राजकुमार ओझा राज्यमन्त्री नियुक्त हुने भएका छन्। दुवैजना नयाँ अनुहार हुन्।