प्रधानमन्त्रीले संसदसँग बदला लिन बिजनेश दिएनन्: गगन थापा

प्रधानमन्त्रीले संसदसँग बदला लिन बिजनेश दिएनन्: गगन थापा

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिधि सभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गर्नका लागि सरकारले संसदलाई कामविहीन बनाउन लागेको बताएका छन्।

विधेयक अधिवेशनमा आफूहरू काम गर्न तयार रहे पनि सरकारले संसदलाई एउटा पनि विधेयक नदिएको थापाको भनाइ छ।

मंगलबार शुन्य समयमा बोलेका सांसद थापाले भने, ‘एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिइएन भनेर हल्ला गर्ने तर संसदलाई एउटा पनि विधेयक नदिनेरु विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रिय सभा बैठक पनि नबोलाउने ?’

जति दिन केपी शर्मा ओली नेतृत्वको सरकार रहन्छ, संसदको तिरस्कार, अमपान र उपेक्षा गर्ने काम भइरहने दाबी थापाको छ। ‘किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ,’ उनले भने। उनले संसदको गरिमा कायम राख्न लड्ने उनले बताए। जनताले यसबारे हिसाव गर्ने पनि बताए।