स्पष्टीकरण सोध्नेहरु नै लाखौं प्रश्नको घेरामा छन्ः योगेश भट्टराई

स्पष्टीकरण सोध्नेहरु नै लाखौं प्रश्नको घेरामा छन्ः योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी नेताहरुलाई स्पष्टीकरण सोध्नेहरु नै लाखौं पश्नको घेरामा रहेको बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा शनिबार बसेको केन्द्रीय समिति बैठकले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सोहिअनुसार संस्थापक पक्षले ती चार नेतालाई आज स्पष्टीकरण पत्र पठाएपछि नेता भट्टराईले स्पष्टिकरण सोध्नेहरु स्वयम् प्रश्नको घरामा रहेको बताएका हुन् । उनले लेखेका छन्, ‘सोध्नेहरु स्वयं लाखौं प्रश्नको घेरामा छन् ।’