'एमाले र माओवादीको डिक्सनरीमा नैतिकता भन्ने शब्दै छैन कि क्या हो ?'

'एमाले र माओवादीको डिक्सनरीमा नैतिकता भन्ने शब्दै छैन कि क्या हो ?'

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्र र नेकपा एमालेको डिक्सनरीबाट नैतिकता भन्ने शब्द हराएको आरोप लगाएका छन्। ठमेलको चाक्सीबारीस्थित आफ्नै निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले कम्युनिस्ट पार्टीहरुले जनतासित लिएर आएको म्यान्डेट पुरा गर्न नसकेको बताए।

ुराजनीतिमा नैतिकता भन्ने कुरा त हुनुपर्‍यो नि। खै एमाले माओवादीहरुको डिक्सनरीमा नैतिकता भन्ने कुरा छैन कि क्या होरुु प्रकाशमानले प्रश्न गरे। अब अलिकति नैतिकता देखाइ दिएर राजनीतिप्रतिको विश्वास बढाउला कि भन्दा झनै आदर्शका कुरा गरेर सत्तामा टाँसी रहेको उनले दाबी गरे। 

अहिले जेसुकै भए पनि दुई पार्टी मिलेर जनमत लिएकाले दुवै जिम्मेवार बन्नुपर्नेमा दुबै गैरजिम्मेवार बनेकाले झनै राजनीतिक अन्योलता बढेको सिंहको ठम्याई थियो। एउटाले संसद विघटनजस्तो असंवैधानिक काम गर्‍यो अनि अर्को यस्तो असंवैधानिक काम गर्ने  सरकारलाई समर्थन गरेर बसिरहेको उल्लेख गर्दै राजनीति अस्थिरताको कारण दुबै पक्ष उतिकै जिम्मेवार रहेको बताए।

कांग्रेस एक्लैको प्रयासले यो नैतिकताहीन सरकारको विकल्प दिन नसकिने भएकाले  सरकार हटाउने कुरा भने जस्तो सजिलो नभएको अवस्था बुझ्नसमेत उनले आग्रह गरे। ुओली सरकारको बहिर्गमनका लागि एकातिर नेकपा माओवादी समर्थन फिर्ता लिन अल्मल गरिरहेको छ अर्कोतिर जसपा ओली सरकारका विषयमा प्रस्ट हुन सकिरहेको छैन,ु नेता सिंहले भने, ुकांग्रेसले केही गरेन भन्नूभन्दा  जसपा र माओवादीलाई पहिले सरकारका बारेमा स्पष्ट हुनपर्‍यो।ु यी दुई दलको औपचारिक निर्णय लिएपछि अन्योलता चिर्न कांग्रेस तयार रहेको भन्दै  कांग्रेस जस्तो सुकै जिम्मेवारी लिएर परिस्थितिलाई समालेर जान तयार रहेको समेत बताए।

नेता सिंहले विश्वकर्मा समाज राष्ट्रिय अध्यक्ष  गोपालप्रसाद विश्वकर्मालगायत विश्वकर्मा समाजका डेडदर्जन अगुवाहरुलाई कांग्रेस प्रवेश गराए। कांग्रेस केन्द्रीय सदस्य जीवन परियार, सांसद प्रकाश स्नेही, संविधान सभा सदस्य दिपक कुईकेल, कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँ लगायतको सहभागिता रहेको कार्यक्रममा नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरी १८ जना कांग्रेस प्रवेश गरेका छन्।