नवीन्द्रराज जोशीको परिवारले गर्यो सरकारी सहयोग अस्वीकार

नवीन्द्रराज जोशीको परिवारले गर्यो सरकारी सहयोग अस्वीकार

काठमाडौं । मष्तिस्काघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई सरकारले दिने भनेको १० लाख रुपैयाँ सहयोग उनको परिवारले नलिने भएको छ।

गत बिहीबार मन्त्रिपरिषद्बाट निर्णय गरेर सरकारले जोशीको उपचारका लागि सहयोग गर्ने घोषणा गरेको थियो। परिवारले भने सहयोग नलिने भन्दै त्यो पैसाले विपन्न वर्गलाई स्वास्थ्य उपचार गर्न आग्रह गरेको उनका सहयोगी पुष्कर पाण्डेले बताए।

‘सरकारको अफरलाई हामी धन्यवाद दिन चाहन्छौं, उहाँको परिवारले त्यो सहयोग अस्वीकार गर्ने निर्णय गरेको कुरा जानकारी गराउन चाहन्छौँ,’ पाण्डेले भनेका छन्, ‘सरकारले दिने भनेको सहयोग विपन्न वर्गको उपचारमा लगाओस र विपन्न वर्गले उपचार अभावमा मृत्यु हुने अवस्थाको अन्त्य होस् भन्ने परिवारको चाहना हो।’