पार्टीका सवै कमिटीमा हाम्रो बहुमत छः नेपाल

पार्टीका सवै कमिटीमा हाम्रो बहुमत छः नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधव कुमार नेपालले आफूहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टिने पक्षमा नरहेको बताएका छन् ।

काठमाडौंको सभागृहमा आफू पक्षीय युवा संघ नेपालको कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले केपी ओलीसँगको आफ्नो सम्बन्ध झन्डै ५० वर्ष लामो रहेको बताउँदै आफू अध्यक्ष ओलीसँग छुट्टिने पक्षमा नरहेको बताए। नेता नेपालले पार्टीको पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरोदेखि केन्द्रीय कमिटीसम्म आफूहरुको बहुमत रहेको दावी गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटी र विभागहरूमा हेरफेर गरेपछि नेपाल पक्षले थप असन्तुष्टि व्यक्त गर्दै आएको छ ।