‘प्रचण्ड–माधवले मिल्ने भए मेरो नागरिकता पनि खोस्ने थिए'

‘प्रचण्ड–माधवले मिल्ने भए मेरो नागरिकता पनि खोस्ने थिए'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल तथा झलनाथ खनाल समूहले आफ्नो नागरिकतासमेत झण्डै खोसेको टिप्पणी गरेका छन् । 

एमाले संसदीय दलको बैठकमा उनले भने, “माधव–प्रचण्डहरुले सडकबाटै अध्यक्ष र प्रधानमन्त्रीबाट मात्र होइन पार्टीबाटै निस्कासन गरे । धन्न नागरिकता चाहिँ खोसेनन् । मिल्ने भए त्यो पनि खोस्ने थिए ।” 

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० हुँदा उक्त पार्टीमा प्रचण्ड–नेपाल नेतृत्त्वमा एक समूह थियो भने अर्को समूह ओली नेतृत्त्वमा थियो ।  आफूहरुप्रतिको षड्यन्त्र सफल हुन नदिने भन्दै भन्दै ओलीले नेपाल–खनाल पक्षले राष्ट्रिय भेलाको नाममा अवाञ्छित, गुटगत भेलाले पार्टी र कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने कसरत गरेको बताए । 

कार्यकर्ता र जनतामा भ्रम सिर्जना गरेको भन्दै उनले पार्टीमा फर्कन चाहनेलाई स्वागत गर्ने बताए । स्पष्टिकरण सोधेर  पार्टीमा फर्किन दिने र उचित जिम्मेवारी पनि दिने उनले स्पष्ट पारे ।