यस्तो छ भोलि बस्ने संसद् बैठकको सम्भावित कार्यसूची

यस्तो छ भोलि बस्ने संसद् बैठकको सम्भावित कार्यसूची

काठमाडाैं । संसद सचिवालयले भोलि शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची तयार गरेको छ। सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ।

यस्तै पूर्वसांसद अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गरिनेछ।

बैठक दिनको १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।