भारतमा पछिल्लो चौबीस घण्टामा थपिए यो वर्षकै सबैभन्दा धेरै कोरोना सङ्क्रमित

भारतमा पछिल्लो चौबीस घण्टामा थपिए यो वर्षकै सबैभन्दा धेरै कोरोना सङ्क्रमित

नयाँ दिल्ली । भारतमा पछिल्लो चौबीस घण्टामा पछिल्लो ७५ दिन यताकै सबैभन्दा बढी सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २६ हजार २९१ जना सङ्क्रमित थपिएका हुन ।

बीबीसीका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितको पचास प्रतिशत सङ्क्रमित भारतको पश्चिमी राज्य महाराष्ट्रका छन् । सन् २०२१ को सुरुवातसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या दैनिक रुपमा घट्दै आएको थियो । गत फेब्रुअरी मध्यमा दैनिक थपिने सङ्क्रमितको संख्या ११ हजारमा झरेको थियो । तर एक महिनाको अबधिमा दैनिक सङ्क्रमित हुनेको संख्या दोब्बरभन्दा बढेको छ ।

भारतमा कोरोना सङ्क्रमितको तर कोभिडविरुद्धको मापदण्ड पालनामा हुँदै आएको त्रुटि र बेवास्ताले पछिल्लो समय केही राज्यहरुमा सङ्क्रमित बढ्दै गएका छन् । भारतमा हालसम्म एक करोड १० लाख जना सङ्क्रमित भएका छन् । एक लाख ५८ हजार मृत्यु भएको छ । केरला, पञ्जाब, कर्नाटका, गुजरात, तामीलनाडू, हरियाणा र मध्यप्रदेशमा सङ्क्रमित हुनेको संख्यामा वृद्धि हुँदै आएको छ ।

यसैबीच, गत् जनवरी महिनामा सुरु भएको कोभिडविरुद्धको खोप कार्यक्रम अन्तगर्त हालसम्म तीन करोड सर्वसाधारणले पहिलो चरणको खोप लगाइसकेका छन् । खोप अभियान हाल वृद्ध ब्यक्ति र जटिल प्रकारका रोगबाट ग्रसितलाई लक्षित गरी सञ्चालन गरिएको छ ।