प्रहरीको स्कर्टिङमा काठमाडौं आइपुगे विप्लव

प्रहरीको स्कर्टिङमा काठमाडौं आइपुगे विप्लव

काठमाडौं ।  नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आइपुगेका छन् । केहीबेरअघि प्रहरीको स्कर्टिङमा उनी काठमाडौं आइपुगेका हुन् । उनी काठमाडौं आएर आफ्नो वार्ता टोलीका सदस्यलगायतका नेताहरूसँग छलफलमा जुटेका छन् ।

छलफल सकेपछि प्रधानमन्त्री भेट्न बालुवाटार जाने कि सीधै कार्यक्रमस्थल राष्ट्रिय सभागृह जाने भन्ने  विषयमा छलफल भइरहेको उनीनिकट एक नेताले जानकारी दिए ।

यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि विप्लव बालुवाटार आउने विषय अझै निश्चित नभएको बताएका छन् ।  राष्ट्रिय सभागृहमा दिउँसो दुई बजे आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी ओली र विप्लवले सम्बोधन गर्नेछन् ।