काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार साँझ शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि प्रधानमन्त्री ओली पहिलोपटक राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् । भेटवार्तामा सर्वोच्चको फैसला, सरकारका काम कारबाही, नेकपाको विवादलगायतका विषयमा छलफल भएको स्रोतले जानकारी दियो । त्यस्तै प्रतिनिधिसभाको बैठक बोलाउने विषयसमेत छलफल भएको स्रोतले जानकारी दियो ।
सर्वोच्च अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन सरकारलाई निर्देशन दिएको छ । सरकारले सर्वोच्चको फैसलाअनुसार नै संसद बैठक बोलाउने प्रतिबद्धता जनाएको छ ।