यस्तो रहेछ ठ्याक्कै १३ दिन तोकेर सर्वोच्चले संसद बैठक डाक्न आदेश दिनुको कारण

यस्तो रहेछ ठ्याक्कै १३ दिन तोकेर सर्वोच्चले संसद बैठक डाक्न आदेश दिनुको कारण

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदरसँगै राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई दिएको आदेशमा १३ दिन भित्र बैठक बोलाउने भनेको छ। धेरैले सर्वोच्चले यसरी १३ दिन नै किन तोक्यो भन्ने भेउ पाउन सकेका छैनन्। 

तर सर्वोच्च्को फैसला मिहिन ढंगले हेर्ने हो भने यो अर्थपूर्ण छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन पुस ५ गते गरेका थिए। 

जबकी त्यतिबेला सरकारको जिम्मा प्रतिनिधि सभाको अधिवेशन आव्हानको थियो। संविधानमा संसदको एउटा अधिवेशन र अर्को अधिवेशनको बीचमा ६ महिना भन्दा लामो अन्तर हुन नहुने व्यवस्था छ। त्यसअघि संसदको अधिवेशन २०७७ असार १८ गते अन्त्य भएको थियो। जसको छ महिना पुसको १८ गते पुग्थ्यो। यस्तोमा त्यतिबेला प्रधानमन्त्रीले पुस १७ गते भित्र संसदको अधिवेशन आव्हान गर्नुपर्ने हुन्थ्यो। 

प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेकाले त्यतिबेलाको बाँकी १३ दिनको हिसाब सर्वोच्चले लगाएको हो।