पत्रकार रवि लामिछानेले गरे नेपालकै पहिलो ‘फोर के’ टेलिभिजनको सुरुआत

पत्रकार रवि लामिछानेले गरे नेपालकै पहिलो ‘फोर के’ टेलिभिजनको सुरुआत

काठमाडौं । पत्रकार रवि लामिछानेले नेपालमा पहिलो पटक ‘फोर के’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।

पत्रकार लामिछानले काठमाण्डुमा एक कार्यक्रम आयोजना गर्दै ‘ग्यालेक्सी फोर के’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।

सो कार्यक्रममा पत्रकार लामिछानेसहित तीन जना व्यक्तिले उक्त च्यानलको लोगो अनावरण गरेका छन् । उक्त टेलिभिजनको अध्यक्ष जीबी राई रहेका छन् ।

उक्त टेलिभिजन च्यालनको घोषणा कार्यक्रममा देशका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थित रहेको छ ।