सार्वजनिक सम्पत्ति हडप्नेलाई कारबाहीको दायरामा ल्याउँछौंः अख्तियार प्रमुख राई

सार्वजनिक सम्पत्ति हडप्नेलाई कारबाहीको दायरामा ल्याउँछौंः अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सार्वजनिक सम्पत्ति हडप्नेलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आयोगको ३० औं वार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौंमा भएको कार्यक्रममा प्रमुख आयुक्त राईले सार्वजनिक सम्पत्ति संरक्षणका लागि जुनसुकै व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने बताए। उनले भने, ‘ठूलो सानो भनेर विभेद हुँदैन, अनुसन्धानको दायरामा ल्याइन्छ ।’

राईले मालपोत, राहदानी, यातायात, राजश्वलगायतका सार्वजनिक सेवाका क्षेत्रमा हुने अनियमितता र भ्रष्टाचार रोक्न सुक्ष्म अध्ययन अनुसन्धान गरिरहेको जानकारी दिए । उनले केन्द्रसहित आयोगका ८ वटै कार्यालयले द्रुत कार्य गरिरहेको उल्लेख गरे ।

अख्तियारले गत वर्ष इतिहासमै सबैभन्दा बढी ४४१ मुद्दा विशेष अदालतमा दायर गरेको जानकारी दिँदै विकास निर्माण, बजेट खर्चलगायतमा हुने भ्रष्टाचारमा अख्तियारको चासो उत्तिकै रहेको बताए ।

छुटाउनुभयो कि ?