अस्ट्रेलिया । एक जना नक्कली माइग्रेसन एजेन्ट तथा अयोग्य शिक्षा परामर्शकर्तालाई अस्ट्रेलियाको गृह मामिला बिभाग अन्तर्गत रहेको सीमा सुरक्षा बलले पक्राउ गरेको छ। पर्थ निवासीले चिनियाँ नागरिकले आफ्ना ग्राहकहरुबाट तीन लाख डलरसम्म उठाएको आरोप छ ।
नक्कली आधिकारिक अध्यागमन एजेन्ट भन्दै झुठो प्रचार गरेको र थुप्रै मानिसहरुबाट लाखौँ डलर लिएको आरोपमा दोषी ठहर गर्दै ३८ वर्षीय ति महिलालाई साढे छ वर्षको जेल सजाय दिइएको हो।
अस्ट्रेलियन सरकारको गृह मामिला बिभाग अन्तर्गत रहेको सीमा सुरक्षा बलका अनुसार उनले दर्तानै नगरिएको भिसाका आवेदनहरुका लागि शुल्क उठाउने, जसका कारण केहि मानिसहरु भिसा बिना अस्ट्रेलियामा रहेको र अस्ट्रेलिया प्रवेश गर्न नपाएको लगायत ठगि र जालझेलको आरोपमा उक्त महिलालाई दोषी करार गरिएको हो।
बलका अनुसार अंग्रेजीमा कम दखल राख्ने र अस्ट्रेलियाली भिसा प्रकृयाबारे ज्ञाननै रहेका व्यक्ति हरुलाई उक्त महिला द्वारा ठगि गर्ने बताइएको छ। उनले गृह मामिला बिभागको जस्तो देखिने नक्कली कागजपत्र प्रयोग गर्दै आवेदकहरुले भिसा पाएको झुठो जानकारी दिएको पनि बताइएको छ।
दोषी ठहर गरिएकी महिलालाई साढे चार वर्ष भन्दा अगाडी जमानतमा जेलबाट रिहा गर्न नसकिने र उनीबाट पीडित भएकाहरुलाई कुल १ लाख ८८ हजार २३५ डलर तिर्न पनि आदेश दिइएको छ।