अख्तियारका आयुक्त गणेशराज जोशीले दिए राजीनामा

अख्तियारका आयुक्त गणेशराज जोशीले दिए राजीनामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । बुधबार राजीनामा दिएका जोशी आयोगबाट विदा भएका छन् । जोशीले आफूले राजीनामा दिएको पुष्टि गरे ।

अख्तियारमा आजै नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका थिए।

राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालयमा आएर उनले कार्यभार सम्हालेका हुन् । राईसँगै आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि कार्यभार सम्हालेका छन् ।