काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलोपटक टेलिफोन वार्ता भएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपटक भएको फोनवार्तामा बाइडनले रुसी राष्ट्रपति पुटिनलाई निर्वाचनमा भएको हस्तक्षेपका विषयमा चेतावनी दिएको ह्वाइट हाउसले जनाएको छ ।
वार्तामा रुसमा जारी विपक्षी दलको प्रदर्शन र अमेरिका रुस आणविक हतियार सन्धि विस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ ।
रुसी राष्ट्रपति पुटिनले बाइडनलाई औपचारिक रुपमा बधाई दिनुका साथै दुबैजना आपसी सम्पर्कमा रहन सहमत भएका छन् । अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले थुप्रै अमेरिकी ह्याकमा रुसको हात रहेको जनाएका छन् ।