प्रतिगमनको विरोधमा उत्रिएका २ दर्जन मानव अधिकारकर्मी पक्राउ

प्रतिगमनको विरोधमा उत्रिएका २ दर्जन मानव अधिकारकर्मी पक्राउ

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा उत्रिएका मानव अधिकार तथा शान्ति समाजका सभापति कृष्ण पहाडीसहित दुई दर्जन मानिस पक्राउ परेका छन् । प्रधानमन्त्री निवास बालुवाटार आगाडि सोमबार प्रदर्शनमा उत्रिएका दुई दर्जन प्रदर्शनकारी पक्राउ परेका हुन् ।

उनीहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाली प्रतिनिधिसभा विघटन गरेको, राज्य संयन्त्रको दुरुपयोग गरेको तथा प्रधानमन्त्री तथा मन्त्रीहरुले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै समाजले बालुवाटार अगाडि प्रदर्शनमा गरेको थियो ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो । प्रधानमन्त्री र राष्ट्रपतिको उक्त कदमलाई मानव अधिकार समाजलगायत अन्य विभिन्न राजनीतिक दलले समेत विरोध गर्दै आएका छन् ।