कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न सवोच्चको आदेश

कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न सवोच्चको आदेश

काठमाडौं ।  कक्षा ११ र १२मा नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ। मंगलबार सर्वोच्चले नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै दायर भएका निवेदन खारेज गर्ने फैसला सुनाएको हो। सर्वोच्चले केही विषयमा निर्देशनात्मक आदेशसमेत जारी गरेको छ।

निवेदन खारेज भएसँगै कक्षा ११ मा यसै वर्षदेखि नयाँ पाठ्यक्रम लागू हुने भएको छ।  कक्षा ११ र १२  पाठ्यक्रम २०७६ सालमा जारी गरेको विद्यालयको शिक्षाको राष्ट्रिय पाठ्क्रम प्रारुप लागू हुने भएको थियो। त्यसविरुद्ध भगवता अर्यालसमेतले २००७ असोज २८ मा रिट दर्ता गरेका थिए। सर्वोच्चले अन्तरिम आदेशसमेत जारी गरेको थियो।

पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुर समेत समेत ७ पक्षलाई निवेदनका विपक्षी बनाइएको थियो। गत वर्ष भदौदेखि लागू भएको थियो। ५ वर्षमा सबै देशभरका विद्यालय लागू हुने भनिएको थियो। निवेदनमा सरकारका तर्फवाट सरकारी वकिलहरु श्याम भट्टराई र सञ्जीवराज रेग्मीले बहस गरेका थिए। उनीहरु रिट खारेज हुनुपर्ने जिकीर इजलासमा पेस गरेका थिए।