विश्वमा पछिल्लो २४ घन्टामा थपिए ६ लाख ७० हजार कोरोना संक्रमित

विश्वमा पछिल्लो २४ घन्टामा थपिए ६ लाख ७० हजार कोरोना संक्रमित

काठमाडाैं । विश्वभर पछिल्लो २४ घन्टामा मात्रै ६ लाख ७० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । बितेको २४ घन्टामा विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि १ लाख ८७ हजारभन्दा बढी छ । यो सँगै विश्वभर संक्रमितको संख्या ८ करोड ६८ लाखभन्दा बढी छ भने मृत्यु हुनेको संख्या १८ लाख ७५ हजारको हाराहारीमा रहेको छ । विश्वमा सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेमा अमेरिकीहरु छन् ।

अमेरिकामा पछिल्लो २४ घन्टामा मात्रै २ लाख २२ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ३ हजारभन्दा बढी छ । अमेरिकापछि सबैभन्दा प्रभावित मुलुक बेलायत रहेको छ ।

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखिएपछि पछिल्लो २४ घन्टामा मात्रै ६० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमणको दर व्यापक रुपमा बढेपछि बेलायतले आगामी फेब्रुअरी महिनासम्म देशव्यापी लकडाउनको घोषणा गरेको छ । भारतमा संक्रमण निकै घटेको छ । पछिल्लो समय युरोपेली देश, अमेरिका र ब्राजिलमा संक्रमण व्यापक रुपमा बढ्दो छ ।