मन्त्रिपरिषद् विस्तारविरुद्धका रिट आज पनि सर्वोच्चमाको पेशीमा

मन्त्रिपरिषद् विस्तारविरुद्धका रिट आज पनि सर्वोच्चमाको पेशीमा

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि सरकार स्वतः कामचलाउ बनेकोले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै परेका रिट सर्वोच्चमा आज पनि पेशी चढेको छ । यद्यपि सुनुवाइ गर्न भ्याइने सम्भावना भने क्षीण देखिएको छ । न्यायाधीश वमकुमार श्रेष्ठको इजलासमा परेका ती रिटअघि अन्य ८ वटा रिट छन् । 

मन्त्रिपरिषद् विस्तारविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता लोकेन्द्र ओली लगायतले छुट्टाछुट्टै रिट दायर गरेका छन् ।यी रिटमाथिको सुनुवाइ यसअघि २ पटक सरिसकेको छ ।

बिहीवार न्यायाधीश कुमार रेग्मीको इजलासमा परेपनि हेर्न नभ्याइने भन्दै सुनुवाइ सरेको थियो । त्यसअघि बुधवार न्यायाधीश ईश्वर खतिवडाको इजलासमा परेको रिटमाथिको सुनुवाइ यसैगरी स्थगित भएको थियो । प्रधानमन्त्री केपी ओलीले झण्डै डेढ साता अघि मन्त्रिपरिषद् विस्तार गरेका थिए ।