कोरोना संक्रमणबाट एजवाटिनीका प्रधानमन्त्रीको मृत्यु

कोरोना संक्रमणबाट एजवाटिनीका प्रधानमन्त्रीको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्रीको मृत्यु भएको छ । चार हप्ता पहिले कोरोना भाइरसबाट संक्रमित भएका ५२ वर्षीय प्रधानमन्त्री एमब्रोसी ड्लामिनीको आइतबार मृत्यु भएको हो ।

छिमेकी देश दक्षिण अफ्रिकामा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनलाई डिसेम्बर एकमा उपचारका लागि दक्षिण अफ्रिका लगिएको थियो । कोरोना संक्रमणपछि उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो ।

ड्लामिनी सन २०१८ को नोभेम्बरमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । एजवाटिनीमा हालसम्म ६ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण १ सय २७ जनाको मृत्यु भएको छ ।