होटलको कोठाभित्र मृत भेटिइन् यी नायिका

होटलको कोठाभित्र मृत भेटिइन् यी नायिका

तमिलकी एकचर्चित  नायिका भिजे चित्राले आत्महत्या गरेकी छिन् । उनी २८ वर्षकी थिइन् । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार उनले नसरपेटको एक होटलमा फन्दा लगाएर आत्महत्या गरेकी छिन् । होटलको कोठामा उनको शव भेटिएको छ । उनले हालै चेन्नईको एक चर्चित व्यापारी हेमन्त रविसँग इन्गेजमेन्ट गरेकी थिइन् ।

नायिका भिजेलाई पांडियन स्टोर्सको सिरियलमा उनको भूमिकाका लागि चिनिन्छ । जुन अहिले टिभीमा प्रसारण भइरहेको छ । चित्रा यो धारावाहिकमा मुलईको भूमिकामा छिन् ।

एक रिपोर्टका अनुसार इवीपी फिल्म सिटीमा सुटिङ गरेपछि चित्रा राती करिब साढे २ बजे होटल फर्किएकी थिइन् । उनी होटलमा आफ्ना प्रेमीसँग बसिरहेकी थिइन् ।