भारतमा घट्न थाल्यो कोरोना संक्रमितको संख्या

भारतमा घट्न थाल्यो कोरोना संक्रमितको संख्या

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या घट्न थालेको छ । भारतमा बुधवार ३३ हजार ७६१ जना संक्रमित थपिएका छन् भने ४९८ जनाको मृत्यु भएको छ ।

हालसम्म १ लाख ३८ हजार ६५७ जनाको मृत्यु भएको छ भने ९५ लाख ३३ हजार ४७१ जनालाई संक्रमण भएको छ । त्यस्तै ८९ लाख ७० हजार १०४ जना संक्रमण मुक्त भएका छन् । ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।  

कोरोना भाइरसका कारण हालसम्म विश्वमा १४ लाख ९९ हजार २१८ जनाको मृत्यु भएको छ भने ६ करोड ४८ लाख ३८ हजार ८९६ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै ४ करोड ४९ लाख ३६ हजार ९०५ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा १ लाख ६ हजार ६९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा बुधवार ६ लाख ३४ हजार ९७० जनालाई संक्रमण भएको छ भने १२ हजार ३७६ जनाको मृत्यु भएको छ । यो संख्या विश्वमा एकैदिन मृत्यु हुनेहरुमा सबैभन्दा धेरै हो ।