विश्वराज पोखरेल एआइजीमा सिफारिस

विश्वराज पोखरेल एआइजीमा सिफारिस

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्। बढुवा समितिको सोमबार बसेको बैठकले डिआइजी पोखरेललाई एआइजीमा बढुवाको सिफारिस गरेको हो।

डिआइजी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्। यसअघि सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजी को दरबन्दी थप्ने निर्णय गरेको थियो।

गृह स्रोतका अनुसार बढुवा समितिको बैठकले ओएण्डएम अनुसार थपिएको एआइजी पदमा पोखरेलको नाम सिफारिस गरेको हो।