प्रधानमन्त्री ओलीको टिकटक एकाउन्ट सञ्चालनमा, पहिलो भिडियोले पायो एक लाख भन्दा बढी भ्यूज

प्रधानमन्त्री ओलीको टिकटक एकाउन्ट सञ्चालनमा, पहिलो भिडियोले पायो एक लाख भन्दा बढी भ्यूज

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले भिडियो सेयरिङ एप टिकटकमा समेत उपस्थिति जनाएका छन् । उनको टिकटक एकाउन्ट भेरिफाइड समेत भएको छ । 

प्रधानमन्त्रीको सचिवालयले पनि प्रधानमन्त्रीको टिकटक एकाउन्ट सञ्चालनमा आएको जनाएको छ । प्रधानमन्त्रीको एकाउन्टमा हालसम्म एउटा भिडियो मात्रै अपलोड गरिएको छ । 

भिडियोको एकलाख भन्दा बढी भ्यूज पुगिसकेको छ । धेरैले सो भिडियो पनि शेयर गरेका छन ।

प्रधानमन्त्री ओलीको टिकटक एकाउन्ट हेर्न यहाँ क्लिक गर्नुहोस्