बीबीसीद्वारा १०० प्रेरणदायी महिलाको नाम सार्वजनिक, नेपाली सपना रोक्का पनि सूचीमा

बीबीसीद्वारा १०० प्रेरणदायी महिलाको नाम सार्वजनिक, नेपाली सपना रोक्का पनि सूचीमा

काठमाडौं । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीको विश्वका एक सय प्रभावकारी तथा प्रेरणादायी महिलाको सूचीमा नेपालकी सपना रोका मगर परेकी छिन् । जीवन कठिन परिस्थिति र अशान्तमय बनेको अवस्थामा पनि अरु भन्दा फरक गरेर समाजमा परिवर्तन ल्याउने महिलाको सुचिमा उनी परेकी हुन । सपनाले काठमाडौंको पशुपति आर्यघाटमा दाबी नगरिएको शव व्यवस्थापन गर्ने काम गर्दै आएकी छिन् ।

सपना आवद्ध संस्थाले सनाखत हुन नसकेको बेवारिसे शवलाई अस्पताल पुर्‍याएर पोष्टमार्टम समेत गराउँदै आएको छ । सोही कारण उनलाई बीबीसीले प्रेरणादायी महिलाको सूचिमा राखेको हो ।

३५ दिनसम्म कुनै व्यक्तिले उक्त शवमाथि दाबी नगरेको अवस्थामा सपना आवद्ध संस्थाले धार्मिक परम्परा अनुसार शदगद् गर्दै आएको बीबीसीले जनाएको छ । वार्षिक रुपमा त्यस्ता एक सय महिलाको सूची बीबीसीले सार्वजनिक गर्दै आएको छ ।

बीबीसीको सूचीमा फिनल्याण्डमा गठबन्धन सरकारको नेतृत्व गरेकी सान मरिन सबैभन्दा शीर्ष स्थानमा छिन् । अक्सफोर्ड विश्वविद्यालयमा कोरोनाभाइरस विरुद्धको खोप अनुसन्धान गर्ने सरह गिलबर्ट समेत उक्त सूचीमा परेकी छिन् ।

सूचीमा एकजना महिलाको स्थान भने खाली राखिएको छ । असाधारण वर्षमा अरुलाई सहयोग गर्दागर्दै अनगिनित महिलाले त्याग गरेकाले एक जनाको नाम खाली राखिएको बीबीसीले जनाएको छ ।