भारतमा कोरोनाबाट एकैदिनमा ४४ हजार जना संक्रमित, ५११ जनाको मृत्यु

भारतमा कोरोनाबाट एकैदिनमा ४४ हजार जना संक्रमित, ५११ जनाको मृत्यु

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ५११ जनाको मृत्यु भएको छ ।भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ३३ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ३३ हजार ७३८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४४ हजार ५९ जना संक्रमित पुष्टि भएको छ ।  योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ९१ लाख नाघेको छ । भारतमा कुल संक्रमित ९१ लाख ३९ हजार ८६ पुगेको छ । भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । 

त्यस्तै भारतमा अहिलेसम्म ८५ लाख ६२ हजार ६४२ जना ठिक भएका छन् भने पछिल्लो २४ घण्टामा ४१ हजार २४ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । त्यस्तै अहिले भारतमा ४ लाख ४३ हजार ४८६ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल १३ करोड २५ लाख ८२ हजार ७३० नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ८ लाख ४९ हजार ५९६ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।