विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु

विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशको प्रयागराज जिल्लामा विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु भएको छ। गम्भीर अवस्थामा रहेका १५ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले मदिरा बिक्रेता, उनका भाइ र एक सेल्सम्यानलाई पक्राउ गरेको छ भने उनीहरुविरुद्ध मुद्दा दायर गरेको छ। 

मृतकका परिवारका अनुसार बिहीबार साँझ गाउँको एक पसलबाट उनीहरुले रक्सी किनेका थिए। सुरुमा एक जनालाई अस्पताल भर्ना गरिएकोमा राति मृत्यु भएको थियो। त्यसपछि क्रमैसँग अन्य व्यक्तिको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको थियो।