नेपालको नाम परिवर्तन नगर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

नेपालको नाम परिवर्तन नगर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

काठमाडाैं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नहटाउन सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ हटाएर नेपाल मात्रै लेख्ने सरकारको निर्णयलाई कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।

समिति सभापति शशी श्रेष्ठले नाम परिवर्तन गर्न आवश्यक भए संसदमा ल्याउन निर्देशन दिएको छ । छलफलमा परराष्ट्रमन्त्री ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताएका थिए । नयाँ संविधान जारी गर्दा पनि देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णय नभएको उनको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नवराज सिलवाल र विजय सुब्बाले फरक मत राखेका थिए । गत असोज ११ गतेको मन्त्रिपरिषद बैठकले नेपालको औपचारिक नाम ‘नेपाल’ मात्र लेख्ने निर्णय गरेको थियो ।