यी दुई राज्यले सहज बनायो बाइडेनको ह्वाइट हाउस यात्रा, पेन्सिलभेनियामा पनि अन्तर घट्दो क्रममा

यी दुई राज्यले सहज बनायो बाइडेनको ह्वाइट हाउस यात्रा, पेन्सिलभेनियामा पनि अन्तर घट्दो क्रममा

अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक उमेदवार जो बाइडेन जीततर्फ अग्रसर भएका छन् । 

पाँच वटा राज्यको अन्तिम नतिजा आउन बाँकी रहँदा बाइडेन जम्मा ६ इलेक्टोरल भोटले जीतबाट पछाडि छन् ।

६ इलेक्टोरल कलेज भोट रहेको नेभादामा उनको अग्रता कायम रहेकाले त्यतिमात्र जित्दा पनि उनको जीत सुनिश्चित हुने देखिन्छ ।

निकै महत्त्वपूर्ण मानिएका मध्येका २ राज्य विस्कोन्सिन र मिसिगनमा ट्रम्पको अग्रता उल्ट्याउँदै बाइडेनले बाजी मारेपछि उनको ह्वाइट हाउस यात्रा सहज बनेको हो ।

मतगणना भइरहेका ५ मध्येका ४ राज्य पेन्सिलभेनिया, नर्थ क्यारोलिना, जर्जिया र अलास्कामा भने ट्रम्पको अग्रता छ । 

हरेक चुनावमा सबैभन्दा बढी महत्त्वपूर्ण मानिने पेन्सिलभेनियामा निकै पछाडि परेका बाइडेनले ट्रम्पको अग्रतालाई छोट्याइ रहेका छन् ।

अहिले यी दुईबीचको अन्तर २ लाख भन्दा कममा झरेको छ । ट्रम्पले यो राज्यमा करीब १० लाखको हाराहारीमा अग्रता पुर्‍याएका थिए ।

अन्य राज्यमा तीव्र प्रतिस्पर्धा देखिएको छ ।