अन्तत: पछारिने भए ट्रम्प, बाइडेन जीतनजिक !

अन्तत: पछारिने भए ट्रम्प, बाइडेन जीतनजिक !

अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक उमेदवार जो बाइडेन जीततर्फ अग्रसर भएका छन् । 

पाँच वटा राज्यको अन्तिम नतिजा आउन बाँकी रहँदा बाइडेन जम्मा ६ इलेक्टोरल भोटले जीतबाट पछाडि छन् ।

६ इलेक्टोरल कलेज भोट रहेको नेभादामा उनको अग्रता कायम रहेकाले त्यतिमात्र जित्दा पनि उनको जीत सुनिश्चित हुने देखिन्छ ।

निकै महत्त्वपूर्ण मानिएका मध्येका २ राज्य विस्कोन्सिन र मिसिगनमा ट्रम्पको अग्रता उल्ट्याउँदै बाइडेनले बाजी मारेपछि उनको ह्वाइट हाउस यात्रा सहज बनेको हो ।

मतगणना भइरहेका ५ मध्येका ४ राज्य पेन्सिलभेनिया, नर्थ क्यारोलिना, जर्जिया र अलास्कामा भने ट्रम्पको अग्रता छ । 

हरेक चुनावमा सबैभन्दा बढी महत्त्वपूर्ण मानिने पेन्सिलभेनियामा बाइडेनले ट्रम्पको अग्रतालाई केही छोट्याएपनि अझै फराकिलो अग्रता कायम छ ।

अन्य राज्यमा तीव्र प्रतिस्पर्धा देखिएको छ ।