अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना जारी, ट्रम्प र बाइडेनमध्ये को अगाडि ?

अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना जारी, ट्रम्प र बाइडेनमध्ये को अगाडि ?

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतदान सम्पन्न भएसँगै मत गणनाको प्रारम्भिक नतिजा आउन थालेको छ।  प्रारम्भिक नतिजाहरुमा रिपब्लिकन उम्मेदवार बर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ। धेरैजसो क्षेत्रमा भने बाइडेन अगाडी देखिएका छन्। 

इलेक्टोरल कलेजमार्फत् त्यहाँ एक सय सिनेटर्स र ४ सय ३५ प्रतिनिधिसभा सदस्यसहित ५ सय ३५ सांसद निर्वाचित हुनेछन्। मतदान सम्पन्न भएलगत्तै अमेरिकामा मतगणना सुरु भएको हो।  त्यहाँ हिजो नोभेम्बर ३ मा झण्डै ६ करोड र त्यसअगावै १० करोड मतदाताले मतदान गरेको बताइएको छ। हिजो कतिपय निर्वाचन क्षेत्रका मतदाताले हुलाकमार्फत् मत हालेका छन्। त्यस्ता निर्वाचन क्षेत्रको मत संकलनका लागि केही समय लाग्ने ठानिएको छ। 

अहिले मतगणना जारी रहेका केन्टकी, टेनेसी, वेष्ट भर्जिनिया, आरकन्सो तथा ओक्लाहोमामा ट्रम्प अगाडि देखिएका छन्। डेलावेयर, मेरील्याण्ड, म्यासाच्युसेट्स, न्यू जर्सी, न्यूयोर्क तथा डिस्ट्रिक अफ कोलम्बियामा अगाडि बाइडेनको अग्रता छ।  प्रारम्भिक गणनामा बाइडेन ८० भन्दा बढी र ट्रम्प ५० भन्दा बढी सिटमा अगाडि देखिएका हुन्।