भारतमा कोरोना संक्रमित घट्दै, निको हुने बढ्दै

भारतमा कोरोना संक्रमित घट्दै, निको हुने बढ्दै

नयाँ दिल्ली । भारतमा लगातार चौथों दिन बुधबार पनि नयाँ कोरोना संक्रमित ५० हजारभन्दा कम थपिए । केही दिनयता भारतमा संक्रमित थपिने क्रम निरन्तर घटेको छ । संक्रमित थपिनेभन्दा निको हुने बढ्दै गएका छन् ।

यही अनुपमातमा संक्रमित कम र निको हुने धेरै भए बिहीबार सक्रिय संक्रमितको संख्या ६ लाखभन्दा कम हुने अनुमान गरिएको छ । बुधबार ४९ हजार ६ सय ६० नयाँ संक्रमित थपिँदा ५७ हजार पाँच सय ६ जना निको भएर डिस्चार्ज भएका छन् ।

संक्रिय संक्रमितको संख्या लगातार २६ दिनदेखि घटिरहेको भारतीय संचारमाध्यमले जनाएको छ । बुधबार सक्रिय संक्रमितको संख्या ६ लाख पाँच हजार नौ सय ४३ थियो ।  भारतमा हालसम्म ८० लाख ३९ हजारजना संक्रमित भइसकेका छन् । त्यसमध्ये ७२ लाख ९२ हजार एक सय ५६ जना निको भइसकेका छन् ।  संक्रमणबाट हालसम्म एक लाख २० हजार तीन सय १२ जनाको निधन भएको जनाइएको छ ।