लगातार घट्यो भारतमा कोरोना संक्रमण दर

लगातार घट्यो भारतमा कोरोना संक्रमण दर

नयाँ दिल्ली । छिमेकी मुलुक भारतमा  पछिल्ला केहि दिनमा कोरोनाको संक्रमण दर घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ५०८ जनाको मृत्यु भएको छ । भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख २० हजार १० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४३ हजार ८९३ जना संक्रमित पुष्टि भएको छ ।  योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७९ लाख नाघेको छ । भारतमा कुल संक्रमित ७९ लाख ९० हजार ३२२ पुगेको छ । भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । 

त्यस्तै भारतमा अहिलेसम्म ७२ लाख ५९ हजार ५०९ जना ठीक भएका छन् भने पछिल्लो २४ घण्टामा ५८ हजार ४३९ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । त्यस्तै ६ लाख १० हजार ८०३ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल १० करोड ५४ लाख ८७ हजार ६८० नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १० लाख ६६ हजार ७८६ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।