बिहार । भारतको बिहारमा पहिलो चरणको विधानसभा निर्वाचन अन्तर्गत मतदान शुरु भएको छ। ७१ सिटका लागि ६० दलका एक हजार ६६ जना उम्मेद्वार मैदानमा छन्। दोस्रो चरणको मतदान ३ नोभेम्बर र तेस्रो चरणको मतदान ७ नोभेम्बरका लागि तोकिएको छ। मत परिणाम भने १० नोभेम्बरमा सार्वजनिक हुनेछ।
कोभिड-१९ महामारी जारी रहेकोले चुनाव आयोगले मतदान गर्ने समय एक घण्टा बढाएको छ। विभिन्न ठाउँमा सिटअनुसारको मतदान समय छुटाइएको छ। ४ सिटका लागि बिहान ७ बजेबाट दिउँसो ३ बजेसम्मका लागि समय तोकेको छ। त्यसैगरी २६ सिटको मतदानका लागि ४ बजेसम्म, ५ सिटका लागि ५ बजेसम्म र ३६ सिटका लागि ६ बजेसम्म मतदानको समय तोकेको छ।
कोभिडको समय भएकोले सावधानीपूर्वक मतदान गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले आग्रह गरेका छन्। मास्क अनिवार्य लगाउन र भौतिक दुरी कायम राख्नसमेत उनले आग्रह गरेका छन्।