इरानमा फेरि बढे कोरोनाभाइरसका संक्रमित

इरानमा फेरि बढे कोरोनाभाइरसका संक्रमित

तेहरान । इरानमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा ठूलो संख्यामा संक्रमितको मृत्यु भएको छ । इरानी स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लोपटक एकै दिन ३४६ जनाको ज्यान गएको छ । 

यो मृत्युसँगै इरानमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ हजार २९९ पुगेको छ ।

अरब देशहरूमा इरानमा सबैभन्दा ठूलो संख्यामा कोरोनाभाइरसका संक्रमितको मृत्यु भएको छ । 

इरानको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता सिमा सादात लारीले नयाँ कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ६ हजार ९६८ रहेको पनि जानकारी दिइन् ।

उनले योसहित इरानमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ८२४ पुगेको बताइन् ।