भारतमा कोरोना संक्रमण दर घट्न थाल्यो

भारतमा कोरोना संक्रमण दर घट्न थाल्यो

काठमाडौं ।  छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण दर घट्दै गएको देखिएको छ ।  भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ४८८ जनाको मृत्यु भएको छ । भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख १९ हजार ५०२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३६ हजार ४६९ जना संक्रमित पुष्टि भएको छ ।  योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७९ लाख नाघेको छ । भारतमा कुल संक्रमित ७९ लाख ४६ हजार ४२९ पुगेको छ ।

भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतमा अहिलेसम्म ७२ लाख १ हजार ७० जना ठिक भएका छन् भने पछिल्लो २४ घण्टामा ६३ हजार ८४२ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । त्यस्तै ६ लाख २५ हजार ८५७ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल १० करोड ४४ लाख २० हजार ८९४ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ९ लाख ५८ हजार ११६ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।