नयाँ दिल्ली । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमित र मृतकको संख्या घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ६५० जनाको मृत्यु भएको छ ।
भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख १७ हजार ९५६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५३ हजार ३७० जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७८ लाख नाघेको छ । भारतमा कुल संक्रमित ७८ लाख १४ हजार ६८२ पुगेको छ ।
भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतमा अहिलेसम्म ७० लाख १६ हजार ४६ जना ठिक भएका छन् भने पछिल्लो २४ घण्टामा ६७ हजार ५४९ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । त्यस्तै ६ लाख ८० हजार ६८० कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल १० करोड १३ लाख ८२ हजार ५६४ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १२ लाख ६९ हजार ४७९ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।