पश्चिम अस्ट्रेलियामा भव्यताका साथ सम्पन्न भयो दोस्रो हार्मोनी कप

पश्चिम अस्ट्रेलियामा भव्यताका साथ सम्पन्न भयो दोस्रो हार्मोनी कप

अस्ट्रेलिया । गैर आवासिय नेपाली संघ पश्चिम अस्ट्रेलिया राज्य समन्वय परिषदले आयोजना गरेको दोस्रो एनआरएनए पश्चिम अस्ट्रेलिया हार्मोनी कप भब्यताका साथ सम्पन्न भएको छ । गत आइतबार पश्चिम अस्ट्रेलियाको राजधानी पर्थमा रात्री भोजको आयोजना गरी हार्मोनी कपका बिभिन्न बिधाका बिजेता समुह र खेलाडीहरुलाई बिभिन्न संस्थाका प्रतिनिधीका साथमा गैर आवासिय नेपाली संघ पश्चिम अस्ट्रेलिया राज्य समन्वय परिषदका संयोजक कृष्णमान श्रेष्ठले मेडल, कप र प्रमाणपत्र बितरण गरेका थिए ।

चार सय भन्दा धेरै नेपालीहरुको सहभागिता रहेको उक्त कार्यक्रमलाई युवा संयोजक प्रमेश केसीले उत्घोषण गरेका थिए भने स्थानिय कलाकारहरुले नृत्य तथा गायन प्रस्तुत गरेर मनोरञ्जन प्रधान गरेका थिए। । कार्यक्रममा फुट्बल, भलिबल, क्रिकेट, टेबल टेनिश, ब्याड्मिन्टन, लंङ्ग टेनिश र ५ किमी दौड गरी कुल ७ खेलका बिजेता र उप–बिजेताहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेको थियो ।

पुरस्कार जित्नेहरुमा फुटबल खेलको खुल्ला समुह तर्फ नेप्लिज युनाईटेड फुटबल क्लब बियजी बन्न सफल भयो। त्यस्तै ३५ बर्ष माथि उमेर समुहमा भाषा पाठशाला ब्लु टिम बिजयी बन्न सफल भए। यता भलिबल खेल अन्तर्गत टिम टेस्टी मोमोका मनोज बस्नेत प्लेयर अफ द लिग राउन्ड बन्न सफल हुदै पहिलो स्थान हासिल गरे।

त्यस्तै क्रिकेटको बिभिन्न चरणका खेलमा पर्थ नेपाल क्रीकेट क्लबको उत्कृष्ट प्रदर्शनले उसलाई बिजयी घोषित गरायो, भने लंङ्ग टेनिस खेलमा सन्जिब ढकाल, टेबल टेनिस खेल अन्तर्गत अजेश महर्जन, ५ किमी दौड खेल खुल्ला तर्फबाट श्याम डुंगाना, महिला तर्फबाट सबिता बस्नेत, ३५ बर्ष माथि उमेर समुह तर्फबाट टेक मगर पहिलो भए उता ब्याडमिन्टन एकल समुह तर्फबाट सुदिप सापकोटा पहिलो भए भने समुह तर्फ बाट निरज क्षेत्रि र शौरभ शर्मा पहिलो भएर पुरस्कार हात पारे ।

गैर आवासिय नेपाली संघ पश्चिम अस्ट्रेलिया राज्य समन्वय परिषदका सचिब दिपक बस्नेत भन्छन पश्चिम अस्ट्रेलियाको नेपाली समुदायलाई एकै थलोमा उभ्याएर खेलको मध्यमबाट भाइचारा बढाउन यस कार्यक्रमको आयोजना गरेका थियौ अन्त सफल पनि भयौ।