विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ लाख २९ हजार नाघ्यो

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ लाख २९ हजार नाघ्यो

काठमाडौ । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या ११ लाख २९ हजार नागेको छ । नेपाली समय बुधवार ११:३० बजे सम्म विश्वभरीमा ४ करोड १० लाख ४३ हजार ६४८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् भने हालसम्म विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ११ लाख २९ हजार ६०० व्यक्तिको मृत्यु भएको छ ।

सङ्क्रमितमध्ये हालसम्म ३ करोड ६ लाख २९ हजार ५८० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ९२ लाख ८४ हजार ४६८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ७७ हजार ४८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित भारतमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ८५ लाख २० हजार ३०७ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख २६ हजार १४९ पुगेको छ । दोस्रो धेरै प्रभावित भएको भारतमा ७६ लाख ५१ हजार १०७ जना सङ्क्रमित भएका छन् भने १ लाख १५ हजार ९५० जनाको मृत्यु भएको छ ।

त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५२ लाख ७४ हजार ८१७ जना सङ्क्रमित भएका छन् भने एक लाख ५४ हजार ८८८ जनाको मृत्यु भएको छ ।