कोरोना नियन्त्रण गर्न रातभरि देशव्यापी ‘कर्फ्यू’

कोरोना नियन्त्रण गर्न रातभरि देशव्यापी ‘कर्फ्यू’

स्लोभानिया । कोरोनाभाइरसको महामारी फैलिदै गएपछि त्यसलाई नियन्त्रण गर्न भन्दै स्लोभानियामा देशव्यापी कर्फ्यू घोषणा गरिएको छ । 

देशव्यापी कर्फ्यू रातिमा मात्रै लागु हुने र मङ्लबारदेखि शुरु हुने अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । 

युरोपेली मुलक स्लोभानियामा पछिल्लो समय कोरोनाभाइरसको महामारी अत्यन्त नराम्रोसँग फैलिएको समाचारमा जनाइएको छ । 

हरेक बेलुका नौ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लागु हुने भएको छ भने ६ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइएने भएको छ ।

त्यसैगरी कतै हिँडडुल गर्नु परेमा पनि पर्याप्त र अत्यावश्यकता ठहरिने कारण देखाउनुपर्ने व्यवस्था गरिएको छ ।

स्लोभानियामा सरकारले पनि औपचारिक रुपमा देशमा कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको छ ।  

देशमा सोमबार मात्रै ५३७ जनाका कोरोनाभाइरसको नयाँ सङ्क्रमण पुष्टि भएको छ ।

कुल दुई हजार ६३७ जनाको कोरोना परीक्षण गर्दा त्यति जनामा कोरोनाभाइरसको सङ्क्रमण भएको देखिएको हो । 

महामारी फैलिन शुरु भएदेखि स्लोभानियामा अहिले पहिलोपटक कर्फ्यू लागू गर्ने घोषणा गरिएको हो ।