अध्यक्ष प्रचण्ड र नेता नेपालसँग यमलाल कँडेल समूहको भेटवार्ता

अध्यक्ष प्रचण्ड र नेता नेपालसँग यमलाल कँडेल समूहको भेटवार्ता

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने यमलाल कँडेल समूहले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ट नो माधव नेपाललाई भेटेको छ । प्रचण्डलाई भेट्न कँडेल समूह बिहान नौ बजे खुमलटार पुगेको थियो ।

भेटमा प्रचण्डलाई कर्णालीमा भएको विवादबारे जानकारी गराइएको छ । कँडेलसहित मायाप्रसाद शर्मा र गुलाबजंग शाह खुमलटार पुगेका थिए । मुख्यमन्त्री शाही समूहले भने बिहीबार नै प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेर विकसित घटनाक्रमबारे जानकारी गराएका थिए ।

मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले कर्णालीका मुख्यमन्त्री नेताहरुलाई काठमाडौं बोलाएका थिए । मुख्यमन्त्री शाही पक्षका नेताहरु बुधबार नै काठमाडौं आएका थिए भने कँडेल पक्षका नेताहरु बिहीबार आएका हुन् ।

तर, दुवै समूहलाई एकै ठाउँ राखेर छलफल गर्नेबारे केही टुंगिएको छैन । बिहीबार मन्त्रिपरिषद् पुनर्गठनका कारण प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले भेटवार्ता गर्न नपाएको बालुवाटार स्रोतले जनाएको छ ।