देउवालाई फकाउनुको सट्टा छोडिदिनु नै राम्रो हुन्छ: रवि लामिछाने

देउवालाई फकाउनुको सट्टा छोडिदिनु नै राम्रो हुन्छ: रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको नयाँ नेतृत्वलाई पूर्वसभापति शेरबहादुर देउवाको विषयलाई लिएर धेरै समय नअलमलिन सुझाव दिएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पूर्वसभापति देउवालाई फकाउनतिर लाग्नुभन्दा अब छोडिदिनु नै उपयुक्त हुने बताए।

"शेरबहादुर देउवालाई फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ, म यो सुझाव दिन चाहन्छु," सम्बोधनका क्रममा लामिछानेले भने।

नेपाली कांग्रेसको लामो राजनीतिक इतिहास र योगदानको प्रशंसा गर्दै उनले पार्टी अब नयाँ पुस्ताको भावना र समयको मागअनुसार अघि बढ्नुपर्नेमा जोड दिए।

कांग्रेसको गौरवशाली इतिहास नै उसको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै लामिछानेले विगतका अनुभवबाट पाठ सिकेर नयाँ राजनीतिक परिस्थितिमा दरिलो कदम चाल्न आग्रह गरे।

छुटाउनुभयो कि ?