अब सार्वजनिक गाडीमा सिटभरि यात्रु, के हुन्छ भाडा ?

अब सार्वजनिक गाडीमा सिटभरि यात्रु, के हुन्छ भाडा ?

काठमाडौं । चाडपर्वलाई लक्ष्य गर्दै सरकारले सार्वजनिक यातायातका साधनमा सिट क्षमताअनुसारकै यात्रु राख्न दिने निर्णय गरेको छ ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर यात्रुलाई राख्नुपर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । घर जाने यात्रुको चाप हुने भएकाले यातायातका साधनमा केही खुकुलो प्रावधान ल्याइएको एक मन्त्रीले बताए ।

यसअघि थप ५० प्रतिशत भाडा लिएर ५० प्रतिशतमात्र यात्रु राख्न पाउने भनिएको थियो । विमान कम्पनीहरूले उक्त प्रावधान नमानेपछि उनीहरूलाई पूर्ण क्षमतामा यात्रु बोक्न दिइएको थियो ।

विमानहरूले पूर्ण क्षमतामा बोक्न पाउँदा अन्य यातायातका साधनमा किन नदिने भन्ने प्रश्न उठेको थियो । सिट क्षमताअनुसार यात्रु राख्दा बढी भाडा उठाउन पाउने छैनन् ।

भारतसँगको सीमा नाकाबाट आउजाउमा कडाइ कात्तिक मसान्तसम्म कायमै रहने भएको छ । मन्त्रिपरिषद्ले नेपाल–भारत सीमा भएर हुने आउजाउमा लगाइएको कडाइलाई लम्ब्याएको हो । कान्तिपुरमा खबर छ ।