बेवारिसे अवस्थामा भेटिएकी महिलाको कोरोनाले लियो ज्यान

बेवारिसे अवस्थामा भेटिएकी महिलाको कोरोनाले लियो ज्यान

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित  वेबारिसे महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

उनको  उपचारका क्रममा आइतबार साँझ  मृत्यु भएको हो । 

यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पताल भर्ना भएकी उनमा आसोज १९ गते कोरोना पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।