डा. केसीका प्रतिनिधिसँगको वार्ताका लागि सरकार संवेदनशील भएन, अझै हुन सकेन वार्ता

डा. केसीका प्रतिनिधिसँगको वार्ताका लागि सरकार संवेदनशील भएन, अझै हुन सकेन वार्ता

काठमाडौं । सरकारसँग वार्तामा रहेका डा. गोविन्द केसीका प्रतिनिधिहरुले वार्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली  संवेदनशील नभएको आरोप लगाएका छन्। शुक्रबार बिहानै सुरु हुने भनिएको सरकार र डा. केसीका प्रतिनिधिबीचको वार्ता दिउँसो पौने २ बजेसम्म पनि सुरु हुन सकेको छैन। डा. केसीका प्रतिनिधिहरुले सरकारी टोलीले ढिलाइ गर्दा वार्ता हुन नसकेको बताएका छन्।

बिहीबार एकखालको सहमति गरेर थप छलफलपछि पुनः शुक्रबार वार्तामा बस्ने भनिएको भए पनि अहिलेसम्म वार्ता सुरु हुन नसकेको डा। केसीका तर्फबाट वार्ता टोलीमा रहेका ओमप्रकाश अर्यालले बताए।

उनले सरकारी टोलीले प्रधानमन्त्रीसँग छलफलका लागि समय नपाएको बताए। उनले सत्याग्रह २६ औँ दिनमा पुग्दा र डा. केसी मृत्युशय्यामा पुग्दा समेत प्रधानमन्त्री संवेदनशील नभएको आरोप लगाए।