प्रधानमन्त्रीका सल्लाहकारले ५ दिनमै कसरी जिते कोरोना ? यस्तो छ सम्भावित कारण

प्रधानमन्त्रीका सल्लाहकारले ५ दिनमै कसरी जिते कोरोना ? यस्तो छ सम्भावित कारण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल कोरोना भाइरसको सङ्क्रमण मुक्त भएका छन् ।

बिहीबार उनको पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

रिमाललाई गत असोज १७ गते सङ्क्रमण भएको थियो । संक्रमण पुष्टि भएको ५ दिनमा नै उनको रिपोर्ट नेगेटिभ आएको हो ।

सामान्यतया कोरोना संक्रमण भइसकेपछि २ सातासम्म त्यसको असर रहने गर्छ । तर, ५ दिनमै कसरी निको भए रिमाल ?

जनस्वास्थ्यविद् तथा चिकित्सकहरूसँग यसको सम्भावित उत्तर छ । यदि कुनै व्यक्तिमा कोरोनाको लक्षणविहीन संक्रमण पहिलेदेखि नै थियो र परीक्षण ढिला गरी भयो भने पुष्टि भएको केही दिनमै नेगेटिभ आउने सम्भावना हुन्छ ।

सम्भवत: रिमाल पनि एक/डेढ साता अगाडिबाटै संक्रमित थिए । त्यसैले संक्रमण पुष्टि भएको ५ दिनमै उनको रिपोर्ट नेगेटिभ आएको हुनसक्ने चिकित्सकहरू बताउँछन् ।  

उनीसँगै  प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीयसचिव इन्द्र भण्डारीलाई सङ्क्रमण भएको थियो ।

उनीहरू अहिले आइसोलेसनमा रहेका छन् ।